Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा [पूर्वी खण्ड]अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको छिम्केश्वरी पार्क। नेपालको झण्डा सहितको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ। तस्बिरः रासस
मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा दोस्रो चरणको कालोपत्र गरिएपछिको सडक । तस्वीर : रासस
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ गिरानचौरमा पुगेका पाहुनालाई चुड्का नाचमार्फत् स्वागत गर्दै स्थानीय ।तस्बिर: रासस
तनहुँको बन्दीपुर गाउँपालिका- ४ ठुलढुङ्गादेखि बरालथोकसम्म एक हजार सात सय मिटर लामो ‘बन्दीपुर केवलकार’बाट सोमबार बिहान देखिएको मनास्लु र बौद्ध हिमालको मनोरम दृश्य । तस्बिरः रासस।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा सडक कालोपत्रे गरिदै । दमौली बजारमा लामो समयपश्चात् कालोपत्रे सुरु भएको हो । तस्बिरः रासस
तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । पछिल्लो समयमा आधुनिक घर बन्न थालेपछि मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएको छ । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको पाँचतारे होटलमा पर्यटक स्टान्डर्डका करिब ८० वटा कोठाहरु निर्माणको अन्तिम चरणमा रहेको छ ।तस्बिरः सागर गिरी/रासस
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् ।मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । तस्बिरः रासस
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड उद्घाटन समारोहमा बाजा बजाउँदै शुक्लागण्डकी नगरपालिका–९ स्थित तालबेंसी माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयले जीवनाेपयोगी सीप सिकाउने उद्देश्यसहित यहाँका विद्यार्थीलाई बाजा बनाउने तालिम दिएको थियो । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–५ मा स्थानीय किसानले गरेको च्याउखेती । गाउँपालिकाको सहयोगमा च्याउ खेतीसम्बन्धी तालिम लिएपछि यहाँका कृषक व्यावसायिक रुपमा च्याउखेतीमा लागेका छन् । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको बटम स्टेशनमा निर्माण गरिएको ४२ फिट अग्लो शिवको मूर्ति । तस्बिरः रासस
« Previous
1
…
3
4
5
6
7
…
148
Next »