“मातृभाष र सीप मुलक शिक्षा सुनिश्चितताको निम्ति हाम्रो आह्वान “भन्ने नाराका साथ नेपाल तमू(गरुङ) विद्यार्थी छोंज धी को १२औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । यही कार्तिक २४ देखि २६ गते सम्म दमौलीको सभाहलमा उक्त कार्यक्रमा हुने बुधबार दमौलीमा पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको हो । तमु विद्यार्थीहरुको हक, पहत तथा अधिकार संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले वि सं २०५२ माघ २६ गते सो संस्थाको स्थापना भएको नेपाल तमू (गरुङ) विद्यार्थी छोंज धी संयोजक विश्वराज तमूले जनाकारी दिनुभयो । सो कार्यक्रमा प्रतिनिधि र पर्यवेक्षक ५०० जना छिमेकी जिल्ला र स्थानिय गरी पन्ध्र सय जनाको उपस्थित हुने विश्वराजले बताउनुभयो । उहाँका अनुसार३५ भन्दा बढी जिल्लाबाट विद्यार्थी आउने छन् । सो कार्यक्रममा साँस्कृतिक भाँकी ¥याली , जातिय भेषभुषा, प्लेकाई , पच्ह्युक्ल्हेप्री ,लामा गुरु, कौडा ,चुट्का सहित कार्यक्रम हल प्रवेश गर्ने प्रचार प्रचार समितिका संयोजक विष्णुराज गुरुङले जनाकारी दिनुभयो । उक्त महाधिवेशनका लागि बिस लाख अनुमानित खर्च लाग्ने गुरुङले बताउनुभयो । उक्त महाधिवेशनको उद्धघाटन नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्रि पृथ्वी सुब्बा गुरुङले गर्ने आयोजकले जनाकारी दिएको छ ।