व्यास ४ स्थित कन्काई ग्लोवल एकेडमीले नेपाली राष्ट्रिय महिला खेलाडी बिमला बि क लाई बुधबार सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रमाको आयोजना गरि बि कलाई सम्मान गरेको हो ।
१७ अक्टोबर देखि ३० अक्टोबर २०२४ सम्म नेपालको दशरथ रङ्गशालामा आयोजना गरिएको सातौं संस्करणमा नेपाली राष्ट्रिय महिला टिमको महत्वपूर्ण खेलाडी सदस्यका रूपमा भुमिका निर्वाह गरेको भन्दै तनहुँकी चेली बि कलाई सम्मान गरेको विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारले जानकारी दिनुभयो । बि कलाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । खेलाडी बि क ले सो कार्यक्रममा बोल्दै विद्यार्थीहरूलाई पढाइका साथसाथै खेल क्षेत्रलाई पनि अगाल्ने हो भने एक दिन सफल हुनुका साथै राष्ट्र र समाजमा नाम कमाउन सकिने बताउनुभयो ।


