Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस
तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।तस्बिर : रासस
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ । तस्बिरः रासस
घरमै भिर मौरीको घार
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिरः रासस
प्रचारप्रसारको अभावमा रहेको तनहुँको व्यास नगरपालिकाको टाकुरामा अवस्थित क्यामिनकोट भैरव मन्दिर । तस्बिरः रासस
मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरि थप आकर्षक बनाउने गरिएको छ । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. दश करोड दश लाख ९१ हजार एक सय ६६ को लागतमा पुल निर्माण सुरु गरिएको हो । तस्बिरः रासस
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते खोला नजिकैबाट लिइएको धौलागिरि हिमाल। बदलिँदो मौसम परिवर्तनको असरको कारण हिउँदमा समेत धौलागिरिहिमालमा हिउँ खासै देखिको छैन । तस्बिरः रासस
व्यास १३ बेनीकोटमा स्थानियले सुन्तला टिपेर बजारमा बिक्री गर्न ल्याउनका लागि तयारी गर्दे ।
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् । तस्बिरः रासस
« Previous
1
…
5
6
7
8
9
…
148
Next »