Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुङ्गे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । तस्बिरः रासस
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । पुलको करिब ६८ प्रतिशत काम पूरा भएको छ । तस्बिरः रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित केबलकार चढेर बन्दीपुरबाट फर्किदै आन्तरिक पर्यटक । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सोही वडाको बरालथोक जोडिने केबलकारले आकर्षण थपेको छ । तस्बिर : रासस
तनहुँको भानु नगरपालिका–१०, चोक चिसापानीबाट देखिएको लमजुङको सुन्दरबजार, भोटेओडार क्षेत्र र पृष्ठभूमिमा लमजुङ र मनास्लु हिमाल। तस्बिरः रासस
तनहुँको ऋषिङ गाउँपालिका–१, मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि काटिएको पहाडको भित्ता । यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध निर्माण गरिँदैछ। आयोजनाको ३ वटा ‘प्याकेज’मा धमाधम काम भइरहेको छ । तस्बिर : रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर बजार नजिकै रहेको खड्गदेवी मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिर: रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर बजार नजिकै रहेको खड्गदेवी मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुवासमा लगाइएको चैते धान। पछिल्लो क्रममा चैते धान खेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएपछि तनहुँमा ‘चैते धान खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ। तस्बिर : सागर गिरी/रासस
सगरमाथा आरोहण तयारीका लागि आधार शिविरमा अस्थायी रूपमा टाँगिएका टेन्ट। आरोहीहरू केही समय यहाँ बसेर आरोहणको तयारी गर्छन्। आधार शिविरमा सयौँ यस्ता टेन्टहरू देखिन्छन्। तस्बिर: रासस
तनहुँ तरङ्ग मिडिया प्रा लि की संवाददाता मनिता पन्थ हुनुभएको छ। महिला उद्यमी संघ नेपाल तनहुँको बुधबार दमौलीमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मनिता पन्थलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने र संघकी अध्यक्ष निर्मला मल्लले सम्मानपत्र तथा दोसल्ला ओढाएर पन्थलाई सम्मान गरेका हुन्।
तनहुँको बन्दीपुर गाउँपालिका– ४ र भानु नगरपालिका–१ स्थित चुँदी खोलामा निर्माणाधीन पक्कीपुल । ४० मिटर लामो उक्त पुल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट विनियोजित रु १० करोड लागतमा निर्माण भइरहेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका– २ मार्कीचोकस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडक खण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तस्वीर : रासस
« Previous
1
2
3
4
5
6
…
148
Next »