Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्बारा आइतबार आयोजित हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल । तस्बिर : रासस
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, प्रवासी नेपाली समन्वय समिति र श्रम रोजगार पत्रकार समुहले आइतबार नयाँ बानेश्वरमा आयोजना गरेको अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक तथा श्रम रोजगार पत्रकारिता पुरस्कार,२०८० हस्तान्तरण समारोहमा सहभागी हुनुहुँदै ।तस्बिर : रासस
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शन गर्दै भक्तजन । तस्बिर÷रासस
‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गर्दै पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । यहाँका १७ जना गर्भवती तथा सुत्केरी महिलालाई एउटा भाले र दुई वटा पोथी वितरण गरिएको छ । तस्बिर÷रासस
धनगढी उपमहानगरपालिकाद्वारा आइतबार मुक्तीनाथ दर्शन भ्रमणमा सहभागी जेष्ठ नागरिकहरुलाई गम्छा ओढाएर बिदाई गर्दै नगर प्रमुख गोपाल हमाल लगायत । तस्बिर : रासस
पाल्पाको रामपुर नगरपालिका-६ र स्याङ्जाको चापाकोट नगरपालिका-८ जोड्ने कालीगण्डकी नदीमा निर्माण हुँदै गरेको पक्की पुल । तस्बिर : रासस
धनगढीस्थित साल्ट ट्रडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय परिसरमा आयोडिनयुक्त धुलो नुनको ‘प्याकेजिङ’ गरिँदै । यसै कार्यालयमार्फत् नुनमा आयोडिन तत्व भए÷नभएको जाँच गरिसकेपछि यसलाई प्याकेजिङ गरेर सुदूरपश्चिमका सबै जिल्लामा आपूर्ति गर्ने गरिन्छ । तस्बिरःरासस
अर्घाखाँचीको सन्धिखर्क–१ पटुवाथुममा भैरव नाच प्रस्तुत गरिँदै । तस्बिर ÷रासस
एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–१ सेती नदीको दायाँतर्फ निर्माणाधीन अवस्थामा रहेको ग्राउटिङ ग्याली सुरुङ । सेती नदीको दायाँबायाँ दुवैतर्फ ग्राउटिङ ग्याली सुरुङ निर्माणाधीन अवस्थामा छन् । तस्बिर÷रासस
काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँमा गरिएको “सडक महोत्सव”मा नेवारी पोशाकमा सजिएर नृत्य प्रस्तुत गरिँदै । तस्बिर : रासस
सालासुङ्गी हाइड्रोपावरमा काम गर्दै आएका बर्दियाका सिमन थारु निमोनियाका कारण शरीरमा रगत सञ्चालनमा कमी भई सिकिस्त बिरामी परेपछि तत्काल थप उपचारकालागी एम्बुलेन्सबाट काठमाडौं पु–याउन धेरै समय लाग्ने भएकाले रसुवा जिल्ला अस्पतालको चिकित्सकको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अल्टिच्युट एयरको हेलिकोप्टर झिकाइ काठमाडौँ पठाउँदै । तस्बिर: रासस
चितवनको भरतपुर महानगरपालिका -१ देवघाटधामस्थित त्रिशुली नदीमा मङ्गलबार वेपत्ता भएका भरतपुर-७ का विशाल मल्लको शुक्रबार खोजी गर्दै सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय कुरिनटारको गोताखोर सहितको प्रहरी टोली । तस्बिर : रासस
« Previous
1
…
142
143
144
145
146
…
148
Next »