सुरेश सुनार तनहुँ
तनहुँ जिल्ला आबुखैरेनी गा.पा. वडा नं. २ ऐनापहारा स्थीत, पृथ्वी राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हँुदा १३ जना घाईते भएका थिए । यनिहरुमध्य नाम, थर वतन नखुलेको १ महिला र २ पुरुष गरी जम्मा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउसो १२ः४५ बजेको समयतिर मुग्लिन बाट आबुखैरेनी तर्फ जदैै गरेको ग २ ख ३०७ नं. को बस र विपरीत दिशा तर्फ बाट जादै गरेको ग ३ च ६०१२ नं. को टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।
उक्त घटनामा परी घाईते हुनेमा तनहुँ जिल्ला शुक्लागणडकी न.पा. बस्ने बर्ष ८० को दामोदर पुरी , हाल नाम थर वतन नखुलेको बर्ष अन्दाजी ३२÷३३ की महीला , हाल नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षको पुरुष , हालनाम थर वतन नखुलेको अन्दाजी ५० बर्षको पुरुष , जिल्ला तनहुँ आबुखैरेनी गा.पा. ४ बस्ने २८ बर्षकी देविका थापा मगर , सोहि बस्ने बर्ष १८ की आरती खवास , गोरखा जिल्ला गण्डकी गा.पा.–१ बस्ने ३८ बर्षकी डिनमाया नेपाली , तनहुँ जिल्ला आबुखैरेनी गा.पा.–३ बस्ने बर्ष ३३ की हिरा बसेल , जिल्ला तनहुँ शुक्ला गण्डकी बस्ने ३३ वर्षको जितेन्द्र शाही ( वडा नखुलेको ) , सोहि वाडा बस्ने बर्ष ५२ को गोमा शाही , सोहि ठाऊ बस्ने वर्ष ४१ की दिनु शाही , कास्की जल्ला पोखारा म.न.पा. बस्ने ५२ वर्षका राम शाही (वडा नखुलेको) र सोहि ठाऊ बस्ने वर्ष ५२ कै ज्ञानु शाही रहेको छन भने टाटासुमो चालक घाइते भई उपचारको क्रममा रहेको प्रहरीले बताएको छ ।
उल्लेखित मध्य नाम, थर वतन, नखुलेको १ महिला र २ पुरुष गरी जम्मा ३ जनाको मृत्यु भएको खुल्न आएको छ । यात्रुहरुलाई प्रहरी द्वारा उद्दार गरी स्थानिय हाडजोर्नि अस्पताल पठाइएकोमा ९ जना लाई थप उपचारको लागी चितवन स्थीत पुरानो मेडिकल कलेज रिफर गरीएको बताईएको छ । बस चालक इ.प्र.का.आबुखैरेनीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । टाटासुमो सडक देखी अन्दाजी ५ मिटर तल खस्न गइ दुर्घटनाभएको थियो ।