Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

दुई प्रदेश जोड्ने पक्की पुल निर्माण तीव्र गतिमा

सुरेश सुनार

१२ फाल्गुन २०७८, बिहीबार

402
Share

गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्यले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो । कोरोना कहरका कारण विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । विसं २०७७ जेठदेखि निर्माण सुरु भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म रहेको छ ।

हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ । “कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ”, उहाँले भन्नुभयो । सिग्देलका अनुसार हालसम्म दुई वटा पिल्लरको क्याप बनेको र दुई वटा फाउण्डेसन सकिएको छ । “नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ”, उहाँले भन्नुभयो । दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ ।

उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण भइरहेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरुपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीयवासी लाभान्वित हुनेछन् । रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

फागुन २१ भित्रै लुटिएका हति;यार भेटाउने र फ;रार कै;दी समात्ने गृहमन्त्रीको उद्घोष

tanahun taranga news

बेलचौतारामा दुर्घ;टनामा परेकी एक महिलाको उपचारका क्रममा मृ;त्यु

व्यास ११ रातामाटमा संञ्चालित महायज्ञमा ९७ हजार भन्दा बढी दान सङ्कलन

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

नेकपाले ४५ रोपनी क्षेत्रफलमा बर्खे धान रोप्यो

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal