रोटर्‍याक्ट  क्लब अफ दमौलीले होली महोत्सव
आयोजना गर्ने भएको छ । आगामी फागुन २२ गते फागु पुर्णिमाको अवसरमा क्लबले दमौली स्थित खुल्ला चौरमा होली महोत्सव आयोजना गर्ने भएको हो । बिहीवार दमाैलीमा पत्रकार सम्मेलन गदै कायकमकाे जनाकारी दिएकाे छ ।एक आपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव , शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको  क्लबका अध्यक्ष विशाल  श्रेष्ठले जानकारी दिनुभएकाे छ ।अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । रंगसँगै डोरी तान्ने, घैंटो फुटाई, बासको लिङ्गोबाट भाले झिक्ने लागयतका खेलहरु पनि जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको कार्यक्रम संयोजक विशाल खत्रीले जानकारी दिनुभएकाे छ।  

उत कार्यक्रमलाई सफल र मर्यादित बनाउन स्थानीय प्रशासनहरुसँग समेत सहकार्य गरेकाे अायाेजकले जानएकाे छ ।