आजदेखि शुक्लागण्डकी महोत्सव शुरु भएको छ । पूर्व स्वास्थ्य मन्त्रीद्धारा महोत्सव उदघाटन गर्न लागिएको हो ।
आर्थिक,सामाजिक,खेलकूदको विकास, कृषि तथा पर्यटन प्रबद्र्धन, शुक्लागण्डकी महोत्सव कला,सीप र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ आजदेखि शुक्लागण्डकी महोत्सव शुरु भएको छ ।
फागुन १८ देखि २९ गतेसम्म महोत्सवको आयोजना गरेको शुक्लागण्डकि न उघोग वा संघका अध्याक्ष एबं महोत्सबका मुल संयोजक बिमल प्रसाद रिमालले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

शुक्लागण्डकि न उघोग वा सं का पुर्व सभापति , सल्लाहकार एबं महोत्सबका मुल प्रचार प्रसार समिति संयोजक हरि थापाले महोत्सवको शतप्रतिशत कार्य पूरा भएको जानकारी दिनुभयो । गतबर्षका महोत्सवमा भएका कार्यक्रमलाई नै निरन्तरता दिदै फरक ढंगले दर्शकलाई मनोरञ्जन दिने लक्ष्य रहेको थापाले बताउनुभयो ।
उहाँले खैरेनीटार बजार र आसपास क्षेत्रमा टिलिक्क टल्कने ध्वजा टाँगेर दुलेही झै सिंगारिएको बताउनुभयो । महोत्सवमा कृषिजन्य उत्पादित बस्तु,घरेलु सामाग्री,स्थानीयस्तरमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने , विभिन्न प्रतियोगिता, जातजातिका भेषभूषा संस्कृति र बाजागाजा प्रर्दशन एवं संरक्षण सम्र्बद्धन गर्ने मुख्य उद्देश्य रहेको उनले बताए ।
शुक्लागण्डकि न उघोग वा संघका महासचिब एबं महोत्सबका सचिवालय संयोजक उपेन्द्र तिमिल्सेनाले स्थानीयस्तरका कलाकारलाई प्राथामिकता दिदै राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने बताउनुभयो । महोत्सवमा सास्कृतिक झाँकी पर्दशनी, दगाम भुजिकोट अवलोकन, मिलेनियम ट्रेकको भ्रमण,धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन, रक गार्डेनको अवलोकन, नृत्य प्रतियोगिता,लोक गायन प्रतियोगिता, सास्कृतिक कार्यक्रमहरु,भलिबल प्रतियोगिता, लगायतको आर्कषण रहेको छ । उहाँले भन्नुभयो ।