गुणस्तर तथा प्रविधि शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको सत्यवती माध्यमिक विद्यालयले व्यवस्थित रुपमा स्टीम ल्याब स्थापना गरेको छ । व्यास नगरपालिका–२ बालमन्दिर लाइनमा रहेको उक्त विद्यालयले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथमेट्रिक (स्टीम) बिषयका विद्यार्थीलाई लक्षित गरी उक्त ल्याब स्थापना गरेको हो ।

गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ल्याब स्थापना गरी संचालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक एक बहादुर गुरुङ्गले जानकारी दिए । रु. १० लाखको लागतमा विद्यालयमा ल्याब स्थापना गरेसंगै प्रविधि शिक्षातर्फ विद्यार्थीहरुको आर्कषण बढ्दै गएको प्रधानाध्यापक गुरुङ्गले बताए ।


उक्त विद्यालयमा हाल दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै बालिका शिक्षा कार्यक्रम अन्तर्गत रुम टु रिड संस्थाले विद्यालयका ९ सय ९० छात्राहरुलाई सहयोग गर्दै आएको छ । उक्त संस्थाले कक्षा ८ देखि कक्षा १२ सम्मका छात्राहरुलाई शैक्षिक सामाग्री,छात्राबृत्ति र शसक्तीकरण संम्बन्धि काम गर्दै आएको हो । विद्यालयमा उक्त कार्यक्रम लागु भएपछि छात्राहरु उत्साहित भएर अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।