दमौली , ३ फागुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मंगलबार विभिन्न स्थानमा पुगेर समवेदना व्यक्त गरेका छन् ।
त्यसक्रममा नेपाली कांग्रेस वन्दिपुर गाउँ कार्य समितिका सभापति कर्ण खत्रीको परिवारलाई के.स. भण्डारीले समवेदना व्यक्त गरेका छन् । मातृशोकमा परेका सभापति खत्री र उनको परिवारलाई वन्दिरपुर स्थित घरमै पुगेर के.स.भण्डारीले समवेदना व्यक्त गरेका हुन् । खत्री परिवारप्रति नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द त्रिपाठी, जिल्ला कार्य समितिका सदस्य डम्बरबहादुर अधिकारी , वन्दिपुर गाउँ कार्य समितिका सचिव कर्ण खत्री लगायतले समवेदना व्यक्त गरेका थिए ।
के.स.भण्डारी सहितको टोलीले मंगलबार नै नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य शिव खत्रीको परिवारलाई समेत समवेदना व्यक्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसका के.स. भण्डारीले वानियाँटार निवासी स्व.चन्द्रबहादुर कार्कीको परिवारलाई समेत समवेदना व्यक्त गरेका छन् । के.स.भण्डारीले खत्रीद्धयकी आमा र कार्कीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका थिए ।
