तनहुँको व्यास नगरपालिका वडा नं ११ रातामाटा बेलथुम्कीमा कोभिड पार्क निर्माणका लागि सञ्चालित श्रीमद् भागवत महापुरण ज्ञान महायज्ञको पहिलो दिन रू २७ हजार ७ सय ६५ रूपैयाँ संकलन भएको छ ।
बिहीबारबाट सुरूभएको महायज्ञको दोस्रो दिन ७० हजार दान संकलन भएको महायज्ञका आर्थिक संयोजक देव बहादुर थापाले जनाकारी दिनुभयो । मौसमका कारण केही भक्तजनको उपस्थित कम रहेता पनि दुई दिनमा ९७ हजार दान रकम संकलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार महायज्ञमा करिब १ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञको तेस्रो दिन शनिबार ८ सय देखि हजार जनाको संख्यामा भक्तजन आउन सक्ने आकलन गरिएको महायज्ञका संयोजक विरेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।उहाँले कोरोना महामारीबाट अकालमा दिवंगत भएकाहरुको सम्झनामा रातमाटा बेलथुम्कीमा कोभिड स्मृति पार्क निमार्णका लागि महायज्ञ आयोजना गरेको बताउनुभयो ।


रातमाटा बेलथुम्की कोभिड पार्क निर्माण स्थलमा महायज्ञ संचालन गर्ने भनेपनि शौचालय, पानी , भवन र यातायातको सुबिधालाई मध्यनजर राखि वडा कार्यलय नजिक जामुने खुल्ला चौरमा कार्यक्रम राखिएकोले यसले गर्दा भक्तजनहरूलाई सहज हुने अपेक्षा गरिएको महायज्ञ उप संयोजक नीर बहादुर खड्का जनाकारी दिनुभयो।


महायज्ञको प्रमुख वाचक दिपक प्रसाद पौडेल रहनुभएको छ ।महायज्ञ कार्तिक १३ गतेदेखी २१ गतेसम्म संञ्चालन हुनेछ।