दमौली १ माघ 
दमौलीमा जारी पाँचौ साँस्कृतिक एवं पर्यटन महोत्सवको दशौं दिन आइतबार चर्चित गायिका सम्झना लामिछाने मगर आउने भएकी छन् ।  माघे संक्रान्ति विशेष कार्यक्रममा गायिका लामिछाने मगरको साथमा गायक पवन राना मगर, गायक बल बिक्रम थापा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने छ ।

माघे संक्रान्ति पर्व र सार्वजनिक बिदा समेत परेकोले आज दर्शकहरुको घुइँचो लाग्नुका साथै आर्थिक कारोबार बढ्ने बिश्वास गरिएको महोत्सव प्रवक्ता नन्दु थापामगरले जानकारी दिए । महोत्सव माघ ३ गतेसम्म आयोजकले जनाएको छ ।