राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो । शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् । यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।
सोही अवसरमा फोटो पत्रकारितामा योगदान पुर्याए बापत राष्ट्रिय समाचार समितिका कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।