व्यास नगरपालिका कार्यालयको ३८ औं नगरसभा आगामी पौष २८ र २९ गते हुने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतमा बुधबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा विविध बिषयमा छलफल तथा निर्णय गरिएको प्रवक्ता एबं वडा अध्यक्ष जिबन गुरुङले जानकारी दिनुभयो ।