बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय ५ दिने राजनीतिक स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईन्चार्ज सिलु सि को अध्यक्षतामा पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशभरीका जिल्ला ईन्चार्ज र सेक्रेटरीहरुको राजनीतिक बैचारीक प्रशिक्षण कार्यक्रम भब्याताकासाथ सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी तनहुँ जिल्ला ईन्चार्ज निशान सि ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वैज्ञानिक समाजवाद, दर्शन शास्त्र , राजनितिक अर्थ शास्त्र , भौतिक विज्ञान , समसामाहिक राजनितिक विषय र अबको बाटो, नेपाली विषेशताको समाजबाद लगाएतको विषयमा व्यापक छलफल एवं प्रशिक्षाण गरिएको निशानले बताउनुभयो ।

कार्यक्रममा स्कुलिङ विभागका केन्द्रीय प्रशिक्षक रणबिर सी ले प्रशिक्षण गर्नुभएको थियो । तालिममा ४० जनाभन्दा बढि सहभागि भएको तनहुँ जिल्ला सेक्रेटरी बिलास सी ले जानकारी दिनुभयो ।

बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी आत्मा निर्भर रहने उद्धेश्यले देशका विभिन्न ठाउमा कृषि कर्ममा लागेको छ । देशका ७७ जिल्लमानै खेतमा धान तथा बाली उब्जाउ, फलफुल तथा तरकारी खेती, पशु पालन , गार्मेन्ट तथा कपडा उधोग लगाएतको व्यावसाय गरी स्वरोजगारी तथा आत्मनिर्भर बन्ने तरखरमा लागेको नेपाल कम्युनिष्ट पार्टी युवा संघ तनहुँको उपाध्यक्ष बिशाल सी ले जानकारी दिनुभयो ।