तनहुँ सौन्दय व्यावसायी संघ नेपालले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमा शनिबार सम्पन भएको छ । कार्यक्रम संघकी अध्यक्ष मन्जु प्रियाको अध्यक्षतामा सम्पन भएको हो । सो कार्यक्रमको प्रमुख अतिथि संघकी संस्थापक अध्यक्ष सकुन्तला आले रहनुभएको थियो ।सो कार्यक्रमा बोल्दै आले हरितालिका तिज नारीहरुको दुख सुख साट्ने दिनभएकाले यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमा संघ संस्थापक अध्यक्ष निर्मला मल्ल,पुर्व अध्यक्षहरु रफत साना, धनमाया पौडेले लगाएतले हरितालिका तिज शुभकमना दिनुभएको थियो ।उक्त कार्यक्रम संन्चालन संघकी सचिव अरती गुरुङले गर्नुभएको थियो ।

