दमौली , २४ माघ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य विद्याबहादुर गैरेकी आमा कालीमाया गैरे प्रति तनहुँ कांग्रेसले श्रद्धाञ्जली व्यक्त गरेको छ । व्यास १२ कर्लुङ निवासी स्व.गैरे प्रति नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी ,लक्ष्मीभक्त खनाल , जिल्ला सदस्य विश्व वास्तोला , डम्बर अधिकारी महाधिवेशन प्रतिनिधीहरु शान्तिरमण वाग्ले , अशोककुमार श्रेष्ठ ,पवित्रा पौडेल ,व्यास १२ का वडा अध्यक्ष तोत्रबहादुर कुँवर र व्यास १२ का वडा सभापति चन्द्रबहादुर वि.क.ले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सो अवसरमा स्व. कालीमाया गैरे र गैरेको परिवारले कांग्रेस पार्टीका लागि पुरयाएको योगदान अतुलनीय रहेको भन्दै पार्टी सभापति आलेले प्रंशसा गरेका थिए । गैरेको ९५ बर्षको उमेरमा निधन भएको थियो ।
