Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

अब चन्द्रागिरि नगरपालिकाको सेवा आफ्नै नयाँ कलात्मक भवनबाट

सुरेश सुनार

२४ माघ २०७८, सोमबार

343
Share
काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ । चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन् । काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ । भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित सो भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गर्नुयो । उहाँहरुले नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । ती दुई स्थानीय तहका संयुक्त साझेदारीमा रु २५ करोड लागतमा भवन सहित बााहिरी आकर्षक बगैँचा सम्पन्न हुन लागेको हो । सो रकम मध्ये समन्वय समितिको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ । नगरपालिकाका १५ वडा मध्ये अधिकाशंले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन् । पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले जानकारी दिनुभयो । सो अवसरमा नगरप्रमुख गिरीले भन्नुभयो, “नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा थियो । यस कार्यमा सफलता मिलेको छ । ” समन्वय समिति काठमाडौँका प्रमुख राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बीचमा सहकार्य जारी रहने जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत ९सातौँ तह ० का सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा १३ आँै साग खेलकूद प्रतियोगितामा चन्द्रागिरी नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा प्रशिक्षकद्वय कराँतेका वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन हुनुहुन्छ । कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गर्र्नुभएको थियो ।rss

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

नेकपाले ४५ रोपनी क्षेत्रफलमा बर्खे धान रोप्यो

आगामी शनिबार बुल्दीखोला सरसफाइ प्रतियोगिता हुने ः प्रथम पुरस्कार रु १० हजार

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal