नेपाल बन्दमा अटेर गरी बिधालय चलाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बिधालय तोडफोड गरेका छन् । बन्दकर्ताले तनहुँको सदरमुकाम दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयमा दिउँसोको समयतिर तोडफोड गरेका हुन् । विद्यालयमा ढुङ्गा हानी झ्यालको सिसा फुटाएको बताईएको छ । हिजो बेलुका देखि नै विद्यालय बन्द गर्न बारम्बार अनुरोध गर्दापनि बन्ध नगरेकोले सो कदम चालेको बिस्वासनिय श्रोतले बताएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार राजनीतिक दलले नेपाल बन्द आह्वान गरेको थियो । बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा , बैज्ञानिक समाजवादी नेकपा , नेकपा माओवादी समाजवादी  लगायत थिए । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको विप्लव नेतृत्वको नेकपाका तनहुँ जिल्ला कमिटिले जानकारी दिएको थियो ।