भदौ ६ दमौली
भोली ७ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार राजनीतिक दलले नेपाल बन्द आह्वान गरेका छन् । बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा , बैज्ञानिक समाजवादी नेकपा , नेकपा माओवादी समाजवादी लगायत छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको विप्लव नेतृत्वको नेकपाका तनहुँ जिल्ला सचिव राजु बिकले जानकारी दिएका छन् ।
