व्यास नगरपालिकाले दलितका पेशालाई आधुनिकीकरण गर्न तालिम एंव अनुदान दिने भएको छ । दलितका परम्परागत पशेलाई आधुनकीकरण गरी उत्पादकत्वा वृद्विका लागि तालिम एंव अनुदान दिने भएको हो ।

“दलितसँग नगर प्रमुख ”कार्यक्रम अन्तर्गत परम्परागत आरनहरुको आधुनीकीकरण , पञ्चै बाजा ,नौमति बाजा र सिलाई पेशामा आवद्व व्यातिmहरुलाई तालिम एंव मेशिन खरिद अनुदान, छालाको काम गर्नेलाई खरिद अनुदान दिने पालिकाले नीति तथा कार्यक्रम एबं बजेट कार्यक्रमको पुस्तकमा सर्बजनिक गरेको छ । तेस्तै अन्य परमपरागत पेशामा अनुदान दिने व्यवस्था समेत मिलाईने पालिकाले उल्लेख गरेको छ ।


समग्र दलितहरुलाई हक अधिकार सुरक्षित, परस्पर सद्भाव विकाशित गर्न कानुनी प्रर्कया पुरा गरी “व्यास नगर दलित आयोग ” गठन गर्ने भएको छ । व्यास नगरपालिकालाई “दलितमैत्री ”नगरपालिका बनाउन आवश्यक सबै व्यवस्था मिलाइने पालिकाको नीति तथा कार्यक्रम एबं बजेट कार्यक्रम पुस्तकमा उल्लेख छ ।