बहुप्रतिभाकाे धनी पदम नेपालीकाे निर्देशनमा मार्मिक तिज गीत चरी भु रु रु अाज सार्वजनिक गरिएकाे छ । चर्चित गायीका करिस्मा बि.सि र संगिता सुनारकाे स्वरमा सजिएकाे चरी भुरुरु गितमा तनहुँकाे चर्चित माेडल एबं टिकटक भाईरल सृजना आले ,सृजना थापा, सबिता गर्जा मगर र शोभा थापा लगाएतले नृत्य एबं अभिनय गरेका छन् । उक्त गितकमा लय मेलाेडि किङ्ग दिप्लब खातीकाे रहेकाे छ भने शब्द दिप्लबकी अामा पुनिकला खाती काे रहेकाे छ ।


गितमा डोलराज बाह्रघरेले सङ्गीत सम्योजन र छायांकन एबं सम्पादन समिर रामदामले गरेकाे गितका निर्देशक, चर्चित माेडल एबं माैलिक गायक पदम नेपालीले बताएका छन् । तिज नजिकिदै गर्दा दिदिबहिनिहरुले भाेग्नुपरेकाे वास्तविक पिडालाई संगितमार्फत उतारेर सबैमा चेतना तथा मनाेरन्जन दिन लागेकाे बहुप्रतिभाका धनी एबं उक्त गितका नर्माता लायन किङ्ग टंकु थापा (युके) र मित्रबन्दु पौडेलले जानकारी दिए । उक्त गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकड गरिएकाे बताईएकाे छ।