+

आईतवारदेखी तनहुँको याम्पा-घाँसीकुवा सडक खण्ड राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएकाे छ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि बन्द हुने
मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।

याम्पादेखि घाँसीकुवा खण्डकाे क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नहुदासम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने अायाेजनाले बताएकाे छ । हाल साे सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने कार्य जारी रहेकाे छ ।