शुक्लागण्डकी नगरपालिका–५ गल्छिनामा ३० बर्षिय बिशाल ढुङ्गाना मृत फेला परेका छन् । गत बिहीबारदेखि बेपत्ता रहेका ढुङ्गान शनिबार राति ११ बजे आफन्तले शव फेला पारेका हुन् । प्रहरीका अनुासर मृतकको शरिर शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमानामा पर्ने कव्रस्थान खोल्साको पानी जमेको स्थानमा फेला परेको थियो । शव फेला परेपछि आफन्तले ईलाका प्रहरी कार्यालय बेलचौतारामा सम्पर्क गरेका थिए । प्रहरीले मृतको शरिरको पोष्टमार्टमको लागि जिल्ला अस्पतालदमौली पठाएको थियो । उत धटनामा सम्लगन तिन जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने बर्ष ३८बर्ष को बिमल सुनार , वडा नं ८ बस्ने २५बर्ष सुशिल बिंक , वडा नं ३ बस्ने बर्ष ४७ बर्षका होम बहादुर रहेका छन् । उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट १२दिन को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
