तनहुँ १५ चैत्र

आठौं तनहुँ महोत्सवको सातौ दिन बुधार चर्चित कलाकार शिव परियार र ज्योति मगर आउने भएका छन् । राष्टिय चर्चित कलाकार आउने भएपछि महोत्सवको माहौलमा थप रौनकता थपिने आयोजक समितिले जनाएका छन् । महोत्सवको छैठौ दिन मंगलबार मिलन नेवार,कर्णराज गिरी,कृष्ण सुवेदी र सजना बास्तोला लगायतका कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर साथ दिदाँ महोत्सवको माहौल छुट्टै रमाइलो बनेको थियो । महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण बुधबार दर्शकहरुको भीड लाग्ने बिश्वास गरिएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए । महोत्सवको छैठौं दिन करिब पन्ध्र हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको छन् ।

महोत्सवमा करिब रु.२० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए । मोटरबोर्ड दर्शकहरुको आर्कषण ः दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै मादीसेती नदीमा संञ्चालन गरिएको मोटरबोर्डको शुल्क घटाएपछि मोटरबोटमा शयर गर्नेहरुको भीड लाग्ने गरेको छ ।

आठौं तनहुँ महोत्सव ः महोत्सवको सातौ दिन चर्चित गायक शिव परियार र ज्योति मगर आउने

आठौं तनहुँ महोत्सव ः महोत्सवको सातौ दिन चर्चित गायक शिव परियार र ज्योति मगर आउने

महोत्सवको अन्य दिनमा प्रतिव्यक्ति २५० शुल्क रहेपनि सोमबार देखि रु १५० कायम गरिएको महोत्सव मुल समारोह संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । मोटरवोर्डमा दैनिक सय भन्दा बढी जनाको हाराहारीमा दर्शकहरुले मोटरबोर्डको मज्जा लिने गरेको उनले बताए । मादीसेती नदीमा दुई वटा मोटरबोर्ड संञ्चालन गरेपछि दर्शकहरुको भीड नै लाग्ने गरेको आयोजक समितिले जनाएको छ । धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवस्थलमा एक जना डा.सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामो छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिएको छ ।