तनहुँ १४ चैत्र
आठौं तनहुँ महोत्सवको पाँचौ दिन सोमबार राष्ट्रिय कलाकार हेमन्त शर्मा र प्रीति आलेले दर्शकहरुलाई छमछमी नचाए ।
कलाकारहरुको गीतमा दर्शकहरुले नाचेर भरपूर मनोरजन लिएका थिए ।
त्यसैगरी अमर धिताल,काजल गुरुङ,उमादेवी खनाल र रमेश मेलोडीको प्रस्तुतीमा पनि दर्शकहरु भmुमेका थिए ।
कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर साथ दिदाँ महोत्सवको माहौल छुट्टै रमाइलो बनेको थियो ।
महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण सोमबार पनि दर्शकहरु घुइँचो लागेको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।

भोलीका कलाकारहरु ः महोत्सवको छैटौं दिन मंगलबार मिलन नेवार,कर्णराज गिरी,कृष्ण सुवेदी र सजना बास्तोला लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।
महोत्सवको पाँचौं दिन करिब बीस हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको छन् । महोत्सवमा करिब रु.३० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।
मोटरबोर्डको शुल्क घटाइयो ः

दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै मादीसेती नदीमा संञ्चालन गरिएको मोटरबोर्डको शुल्क घटाइएको छ ।
महोत्सवको अन्य दिनमा प्रतिव्यक्ति २५० शुल्क रहेपनि सोमबार देखि रु १५० कायम गरिएको महोत्सव मुल समारोह संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

मोटरवोर्डमा दैनिक १०० जनाको हाराहारीमा दर्शकहरुले मोटरबोर्डको मज्जा लिने गरेको उनले बताए ।
मादीसेती नदीमा दुई वटा मोटरबोर्ड संञ्चालन गरेपछि दर्शकहरुको आर्कषण बढेको हो ।
धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवस्थलमा एक जना डा.सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामो छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिएको छ ।
महोत्सवमा विभिन्न संघसंस्था,सरकारी कार्यालय,पालिकाका जनप्रतिनिधी,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सक्रिय सहभागिता रहदै आएको छ ।

महोत्सवमा आएका अतिथीहरुलाई माला तथा खाँदा लगाएर सम्मान गर्ने गरिएको मञ्च निर्माण तथा सजावट समितिका संयोजक राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । अतिथीहरुको सक्रिय सहभागिताले महोत्सव आयोजक समितिलाई थप हौसला मिलेको उनले बताए ।

तस्बिर संजालबाट साभार गरियको हो