जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले पत्रकार र स्थानियहरुसँग प्रहरीले समन्वय गरिराख्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा आइताबार मात्रै कार्यबार समाल्नुभएका कार्कीले सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
कतिपय अपराधीक घटनाहरु स्थानिय र पत्रकारहरुलाई बढी थाहा हुने भएकाले हामी समन्वय गरि एकजुट भयौ भनि अपराधीलाई छिटो पत्ता लगाउन सकिने कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम राख्न र अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न सबैले आ आफ्नो तहबाट लाग्नुपर्ने छ।
कार्कीका अनुसार अहिले साइबर अपराधका घटनाहरु बढ्दै गएको र यसलाई न्युनिकरण गर्ने प्रहरीले विद्यालय ,कलेज र सार्वजानिक क्षेत्रमा जनचेतानाका कार्यक्रमहरु गर्दै आएको छ । उहाँले अहिले साइबर अपराधका घटनाको मुद्धा दर्ता समेत हुने भएकाले कोही पनि डर,त्रास र लोभमा नपरि आफ्नो समस्या राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डि पि अधिकारी ,विभिन्न मिडियामा कार्यरत सन्चारकर्मीहरुले सुझाव राखेका थिए ।
