तनहुँको घिरिङ गाउँपालिका १ पुटार स्थित तीन दिने अचार बनाउने तालिम सम्पन भएको छ । जलदेवी सिकाई केन्द्रको आयोजनामा सो कार्यक्रम सम्पन भएको हो ।

उक्त तालिममा २५ जनाको सहभागिता रहेको थियो । स्थानीय उत्पादन आँप, कटहर, करेला र मासु लगायतका अचार बनाउन सिकाइएको थियो ।