क्रोएसियामा प्रथम खुल्ला भलिबल प्रतियोगिता २०२६ हुने भएको छ । तनहुँ समाज संघ राष्ट्रिय कर्मचारी समिति क्रोएसियाको आयोजामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।
अगामी फुेब्रुअरी २८ तारिक दिउँसो २ बजेबाट खेल प्रारम्भ हुने खेल संयोजक बलराम रानाभाटले जनाकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार १हजार२ सय १२ युरो (नेपाली २ लाख ७ हजार २ सय ५२ रुपैयाँ ) शिल्ड,मेडल र प्रमाण पत्र , द्धितिय पुरस्कार ८सय ८ युरो (नेपाली १ लाख ३८ हजार १ सय ६८ रुपैयाँ)शिल्ड,मेडल र प्रमाण पत्र रहेको छ । साथै उकृष्ट खेलाडी,उकृष्ट सिटर,उकृष्ट स्पाइकर ,उकृष्ट लिबरोलाई उकृष्ट घोषित गरिने उहाँले बताउनुभयो ।
फुेब्रुअरी २४ तारिक भित्र नाम दर्ता गर्नुपर्नेका साथै नाम दर्तासँगै दर्ता शुल्क १ सय ९९ युरो बुझाउनु पर्ने खेल उप संयोजक सुवास पोख्ररेलले जनाकारी दिनुभयो । उक्त प्रतियोगिता क्रोएसियाको जाग्रेबमा हुने आयोजकले जनाएको छ।







