आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सिरिजअन्तर्गत दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । पहिलो खेलमा नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।