काठमाडौं । भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट ९एमएफए० १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् । गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । आफ्नो व्यावसायिक रेकर्ड ८(१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाईको जितको श्रृंखलालाई भंग गरिदिए । रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।