चौथो ऋषिङ कप २०८० सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका -४, थप्रेकमा सञ्चालन भएको अन्तर पालिका खुला पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको हाे । प्रतियोगितामा शुक्लागण्डकी न.पालाई पछि पर्दै गलकोट न.पा.ले जित हासिल गरेकाे छ । गलकोट रू १,८७,००० पुरस्कार सहितको उपाधि हात पारेकाे हाे ।

प्रतियोगितामा प्रमुख अतिथि व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने रहनुभएको थियो ।न्याैपानेले
यस्ता प्रतियोगिताले खेलाडीहरूकाे थप हाैसाल बढ्ने भएकाले यसलाई निरन्तर गर्नुपर्ने बताउनुभएकाे थियाे ।

कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, प्र मुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट ,निवर्तमान जी. स. स. सदस्य निल बहादुर थापा लगाएत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।उक्त प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियाे ।