तनहुँको बन्दीपुर–६ खहरेटार स्थित मिलीजुली युवा क्लबको छैटौं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । मिलीजुली युवा क्लबको अयोजनामा यही पौष १५ देखि १८ गतेसम्म तमु ल्होसार साँस्कृतिक कार्यक्रम २०८०आयोजना गरिएको हो । तमु ल्होसार,बृहत साँस्कृतिक कार्यक्रम,क्लवको छैटौं बार्षिकोत्सव र पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको कार्यक्रम मूल संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिनुभयो । क्लवले भाषा, संस्कृति, संरक्षण गर्ने उद्देश्यले तमु ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गरेको मगरले बताउनुभयो । उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु बलविक्रम थापा, अनुराग थापा मगर, संजिव सिं राना, उषा लामिछाने, मनिषा मगर, खेमराज थापा,भौमाया गुरुङ, मनु राना मगर लगायतको प्रस्तुती रहनेछ । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु ५५ हजार ५५५ट्रफी, मेडल र प्रमाणपत्र साथमा खसी ,द्धितीय पुरस्कार रु ३३ हजार ३३३ ट्रफी, मेडल र प्रमाणपत्र साथमा बोका र तृतीय पुरस्कार रु २२ हजार २२२ ट्रफी, मेडल र प्रमाणपत्र साथमा दुई वटा भाले, चौंथो पुरस्कार रु८ हजार ८८८ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार ४ हजार ४४४ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र दिईने छ।उक्त साँस्कृतिक कार्यक्रमको उद्घाटन स्थायी शिक्षक हकहित संरक्षण मन्चका केन्द्रीय अध्यक्ष रमेशबाबु भट्टराईले गर्नुहुनेछ ।
