Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

सुरेश सुनार

१ चैत्र २०७८, मंगलवार

360
Share

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छाैँ ।” गाउँपालिकाले यसका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ । यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन । जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ ।पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताउनुभयो । “गाउँपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा गोफा खोला थुनेर कृत्रिम ताल पनि बनाउँदैछौँ, घिरिङमा रहेका सबै पर्यटकीय क्षेत्रलाई एकीकृत गरी जलविहार यात्रा सुरु गर्छौँ”, उहाँले भन्नुभयो, “यसले समग्र पालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” नारायणी नदी किनारमा सञ्चालन गरिएको जस्तो मोटरबोट सञ्चालन गर्ने भनिए पनि कालीगण्डकीमा त्यो सम्भव नदेखिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बैडीबाट करुवाटारसम्म जलविहार गराएको छ । आगलागीपीडितलाई सहयोग व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहनुभएका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यस्वरुप रु ५० हजार पठाउनुभएको हो । भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको उहाँले बताउनुभयो । “आगलागीबाट पीडित भएकालाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । उहाँले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत उक्त सहयोग गर्नुभएको हो । सचिव खनालले व्यास –४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई सोमबार उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

सो क्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गर्नुभयो । वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरे पनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको जनाउँदै सहयोग रकमप्रति आभार व्यक्त गर्नुभयो । हेम थापा र उहाँकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउँदै आउनुभएको छ । उक्त फाउण्डेशनमार्फत देशका विभिन्न ठाउँमा असहाय, पीडितलाई सहयोग गर्दै आएको बताइएको छ । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal