Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
फेदीखोलामा पक्की पुल निर्माण

फेदीखोलामा पक्की पुल निर्माण

सुरेश सुनार

३० फाल्गुन २०७८, सोमबार

414
Share

तनहुँको दुई पालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो । भिमाद–५ ऋषिङपाटन र ऋषिङ–८ पल्ट्याङ जोड्ने फेदीखोलामा विसं २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो । वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । पुलको प्रदेशको पूर्वमन्त्री किरण गुरुङले शुभारम्भ गर्दै अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहेको छ । छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण भएको छ । वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले जानकारी दिनुभो । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ”, उहाँले भन्नुभयो, “फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयोे ।” फेदीखोला हिउँदको समयमा सुके पनि वर्षायाममा निकै ठूलो हुन्छ । खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो । ऋषिङका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । फेदीखोलामा पक्की पुल बनेपछि भएपछि भीमाद र ऋषिङ हजाराँै सर्वसाधारण लाभान्वित भएका छन् ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun Taranga media

वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal