Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
खोला थुनेर कृत्रिम ताल बनाइँदै

खोला थुनेर कृत्रिम ताल बनाइँदै

सुरेश सुनार

२३ फाल्गुन २०७८, सोमबार

413
Share

तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो । टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । डिपिआरअनुसार ताल निर्माणका लागि करिब रु १३ करोड बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ । ताल निर्माणका लागि हालसम्म रु तीन करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारबाट रु एक करोड, चालू आर्थिक वर्षमा रु ८० लाख, आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाबाट रु एक करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु ५३ लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा रु ९९ लाख ८१ हजार २५६ को काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बजेट अभावका कारण चार÷पाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भन्नुभयो ।

उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ । “यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष रानाले भन्नुभयो । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ । गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ”, उहाँले भन्नुभयो । घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । “डुङ्गा चढेर तालका बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन्, उक्त ताललाई पोखराको फेवाताल जस्तै गरि विकास गरिनेछ”, अध्यक्ष रानाले भन्नुभयो । उहाँका अनुसार ताल वरपरका क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिने छन् । गाउँपालिकामा प्राकृतिक पुल, तालैताल, चौबिसे राज्यअन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छन् । घिरिङकोट दरबारमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ ।

रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal