Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै

सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै

सुरेश सुनार

२३ फाल्गुन २०७८, सोमबार

405
Share

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो । यही फागुन १६ गते लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो । उहाँका अनुसार उक्त टोलीले मङ्गलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशील महिला १३ दिने पदयात्रामा निस्किएको आयोजक संस्थाले जनाएको छ । विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीका मुहान सुक्ने लगायतको कार्य भइरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । विसं २०२२ मा ‘साथसाथै’को यो अभियान सातै प्रदेशमा पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो । यसअघि पदयात्रा अघि ‘साथसाथै’ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

अभियानमा निस्कदै गर्दा विभिन्न सङ्घसंस्थादेखि अन्य व्यक्तिलेसमेत सकरात्मक रुपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । सबैको सहयोगले कार्यक्रम आयोजना हुने अघिल्लो दिनसम्म अभियानमा रहेका सबै जना सकुशल गोरप्सेपमा पुग्नुले पनि अभियानको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष कार्कीले टेलिफोन सम्पर्कमा बताउनुभयो । अभियानका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपीडिसनले लिएको छ । यस्तै अभियानका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीसमेत साथमै खटाइएको जनाइएको छ । गाउँपालिकालाई कार्यक्रमबारे जानकारी छैन कालापत्थर रहेको गाउँपालिका खुम्बुपासाङ ल्हामु हो । यही गाउँपालिकामा विशेष कार्यक्रम आयोजना हुँदैछ । त्यो पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जलवायु परिवर्तनका कारण महिलाको जनजीवनमा पारेको अवसरको विषयमा घोषणापत्र नै जारी गर्ने योजना छ । कार्यवाहाक अध्यक्ष महिला भएर नेतृत्व गरेको गाउँपालिका र सिङ्गो जनप्रतिनिधिले कार्यक्रमबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हुम शेर्पाले कालापत्थरमा कार्यक्रम गर्ने गरी महिला टोली पदयात्रामा निस्किएको समाचारमा देखेको भए पनि आधिकारिक संस्थाबाट खबर नभएको बताउनुभयो । गाउँपालिकासँग यसअघि समन्वय गरेको भए आफूहरुले पनि सहयोग गर्नसक्ने भन्दै कार्यवाहाक अध्यक्ष शेर्पाले समन्वय नगरेको विषयमा कुनै पनि आपत्ति नभए पनि स्थानीय सरकारकोसमेत सहभागितामा गरेको कार्यक्रमले अझ बढी सार्थकता पाउनसक्ने बताउनुभयो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal