Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
छात्रावासबाट हराइन् चौध वर्षीय बालिका

छात्रावासबाट हराइन् चौध वर्षीय बालिका

सुरेश सुनार

२० फाल्गुन २०७८, शुक्रबार

410
Share

बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् । व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् । जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् । बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४.५ फिट अग्लो रहेको बताइएको छ । आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिनुभयो । आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो । बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराउन गएको बताइएको छ । उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकाले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गर्नुभएको छ । छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उहाँले बताउनुभयो ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal