Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि

झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि

सुरेश सुनार

२० फाल्गुन २०७८, शुक्रबार

442
Share

तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ । बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण भएपछि यस भेगका जनताको यात्रा अवधि छोटिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोपाल न्यौपानेले जानकारी दिनुभयो । यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो । “झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भयो, नत्र भने चार किलोमिटर टाढासम्म हिँडेर आवतजावत गर्नुपथ्र्यो,” उहाँले भन्नुभयो । विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ । पुलको औपचारिक शुभारम्भ भने हुन बाँकी छ । ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि छ सयभन्दा बढी घरधुरीका तीन हजार छ सयभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन् । झोलुङ्गे पुलले भानु नगरपालिकास्थित मैवल र नावरुङका सर्वसाधारणलाई पनि घुमाउरो बाटो नघुमी सिधै डुम्रे आउन सहज भएको स्थानीयवासी प्रदीप न्यौपानेले जानकारी दिनुभयो । रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ । गैरसरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख १३ हजार ६३३ सहयोग गरेको छ भने स्थानीयवासीले ७९ हजार २० जनश्रमदान गरेका छन् । दातृ संस्थाले रु ३३ लाख ५८ हजार ३६९ सहयोग गरेको छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal