Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
कांग्रेसको जिल्ला अधिवेशन ः मतगणना सुरु हुँदै

कांग्रेसको जिल्ला अधिवेशन ः मतगणना सुरु हुँदै

सुरेश सुनार

१६ फाल्गुन २०७८, सोमबार

410
Share

नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना आज यहाँ सुरु हुँदैछ । अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिनुभएको छ । यसअघि सभापति पदको आकांक्षी देखिनु भएका युवा नेता भीम बडूवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । सभापतिपछि अर्को महत्वपूर्ण मानिने सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेदवारी दिनुभएको छ । जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिनुभएका १२ जना निर्विरोध निर्वाचित हुनुभएको छ । सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताउनु भयो । मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal