Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

स्वास्थ्य कार्यालय उत्कृष्ट

सुरेश सुनार

५ फाल्गुन २०७८, बिहीबार

370
Share

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो । एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको जानकारी आएको उक्त कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । “विषम परिस्थितिमा पनि कार्यालय र कार्यालय मातहतबाट भएका सामूहिक एकताका कारण उत्कृष्ट कार्यसम्पादन सम्भव भएको हो, प्रदेश सरकार र कार्यालयका सबैप्रति आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो । प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । उक्त कार्यालयले जिल्लामा कोरोना महामारीका बेला उत्कृष्ट कार्य गर्दै आएको थियो । खासगरी खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेको जनाएको सो कार्यालयले स्थानीय तह र स्वास्थ्य संस्थामा समन्वय गर्नाका साथै खोपको भ्याक्सिन, औषधि, औजार र उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन, पृष्ठपोषणलगायत कार्य गर्दै आएको थियो । रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal