नेपाली कम्युनिस्ट पार्टीबाट विद्यानाथ ढकालले तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँमा मंगलबार उनले आवश्यक कागजातसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले जनताको हित, सुशासन र समावेशी विकास आफ्नो प्रमुख एजेन्डा रहेको बताए । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।






