राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका वडा नं २ को सभापतिमा महेन्द्र रिजाल सर्वसम्वत चयन भएका छन् । रास्वपा वडाको बिहीबार सम्पन्न अधिवेशनले रिजाललाई सर्वसम्वत निर्वाचित गरेको हो । उपसभापतिमा गिता बि क,सचिबमा अर्जुन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण कार्की,हरि कार्की,रुद्र बहादुर क्षेत्री,मङगल श्रेष्ठ र हर्सन कायस्थ चयन भएका छन् । उक्त अधिवेशनको रास्वपा केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख केन्द्रीय लेखा सदस्य गोकुल सापकोटा,गण्डकी प्रदेश प्रवक्ता शंकर पन्त,जिल्ला सभापति विश्व बास्तोला,क्षेत्रीय सभापति बिष्णु बहादुर पन्त,म्याग्दे सभापति मनोज अधिकारी लगायतका उपस्थित रहेको थियो ।


