काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ ।

न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन व्यवसायीले स्थगित गरेका हुन् ।

काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छवि उच्च अदालत गएका थिए ।

त्यस्तै आज उच्च अदालत बुटवलमा तोकिएको पेशी पनि स्थगित भएको छ ।बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेसी तोकिएको थियो ।