Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
तस्बिर संकेतिक

सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल

सुरेश सुनार

२ फाल्गुन २०७८, सोमबार

409
Share

पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो । पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो । एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’ प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ । पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो ।

नवनिर्मित उक्त आकाशे पुलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज उद्घाटन गर्दै पुलको उपयोगसँगै संरक्षणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुख्य बजारका अन्य चोकमा पनि क्रमिक रुपमा आकाशे पुल निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङले पाँच वर्षको अवधिमा सीमित स्रोतसाधनका बाबजुद पनि महानगरले जनताका आधारभूत आवश्यकता पूरा गर्दै दीर्घकालीन योजना प्राथमिकताका साथ अघि बढेको बताउनुभयो । उक्त आकाशे पुल निर्माणसँगै ट्राफिक बत्तीकोसमेत व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याउँदै पोखराका मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्रबैंकचोक, अमरसिंहचोक, सभागृहचोक लगायतका विभिन्न स्थानमा तत्काल आकाशे पुल निर्माण गर्नसके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने सर्वसाधारणको सामूहिक धारणा रहेको छ ।रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal