काठमाडौं, असोज २०

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुने पार्टीका सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।