पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै दुई वडा सभापतिलाई कारबाही गरेको छ । 

गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत निलम्बनको जानकारी गराएका हुन् ।  रास्वपाका कास्कीस्थित मादी-६ का वडा सभापति भोजराज पौडेल र पोखरा-१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको केसीले बताए ।

 उनीहरुले गरेको गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै अर्को निर्णय नहुन्जेल निलम्बन गरेको रास्वपा गण्डकीले जनाएको छ ।