Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

मन्त्री बडूद्वारा न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन

सुरेश सुनार

१ फाल्गुन २०७८, आईतवार

414
Share

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जनउत्तरदायी बनाउन निर्देशन दिनुभएको छ । न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूले सधैँ उत्कृष्ट कार्य गरी सेवाग्राही र सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नुपर्ने बताउनुभयो । मन्त्री बडूले लोकतन्त्रमा सेवाग्राही जनता सबैभन्दा ठूला हुन् भन्ने मनन गरेर छिटो र गुणस्तरीय सेवा सम्पादन गर्न निर्देशन दिनुभयो । “सेवाग्राहीले तपाईंहरूको अनुहारमा सरकार देख्छन् र त्यहीअनुसार सरकारप्रति धारणा बनाउँछ”, उहाँ भन्नुभयो, “न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, न्यायमा सहज पहुँच, अनुसन्धान पद्धतिलाई वस्तुनिष्ठ एवं पूर्ण गराउन र न्यायका लागि आएका सेवाग्राहीलाई सन्तुष्ट गराउन लाग्नुहोस् ।” मन्त्री बडूले न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहमा प्रवेश गरेका शाखा अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उच्च मनोबलका साथ सेवा प्रवेश गर्न आग्रह गर्नुभयो । सो अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनाल, मन्त्रालयका सचिव उदयराज सापकोटा, न्यायसेवा तालिम केन्द्रका तालिम प्रमुख बलसागर गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने तालिममा न्याय सेवाअन्तर्गत नियुक्त भएका ११४ जनामध्ये ११३ जना अधिकृत सहभागी हुनुहुन्छ ।रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal